| फाईल फोटो |
पोखराको फेवातालमा एक वृद्ध मानिसको शव फेला परेको छ।
शुक्रबार बिहान फेवातालमा तैरिरहेको अवस्थामा वृद्ध मानिसको शव फेला परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए। प्रवक्ता तिवारीका अनुसार अहिले उक्त शवलाई तालबाट रेस्क्यु गरी पोष्टमार्टमका लागि पश्चिमान्चल अस्पताल पठाइएको छ।
मृतक वृद्ध अन्दाजी ८० वर्षको रहेको बुझिएको छ। यद्यपी, यो समाचार तयार पार्दासम्म मृतकको सनाखत भइसकेको छैन।
