Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जा को सेवाप्रवाह बन्द


 स्याङ्जा :

कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सेवा प्रवाह बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अर्काे सूचना नभए सम्मका लागि भन्दै अत्यावश्यक सुरक्षा सेवा बाहेक सबै सेवा प्रवाह बन्द गरिएको जनाएको हो । जिल्ला प्रशासन कार्यालयका विभिन्न फाटमा कार्यरत केही कर्मचारीहरुमा कोभिड १९ संक्रमण पुष्टि भएको तथा अधिकांश कर्मचारीहरुमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिए पछि सेवा प्रवाह बन्द गरिएको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिनुभयो ।

शान्ति सुरक्षा र अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता तथा नविकरण, हातहतियार नविकरण लगायतका सेवाहरु बन्द हुने प्रजिअ पौडेलले बताउनु भयो ।
कोभिड संक्रमणको तेस्रोलहर आएसगै स्याङ्जामा एकदर्जन भन्दाबढी कर्मचारी संक्रमणमा परेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
प्रजिअ पौडेलका अनुसार जिल्ला प्रशासनमा ४ जनामा संक्रमण देखिएको र अन्य सरकारी कार्यालयमा पनि कर्मचारीमा संक्रमण भएको छ । अहिले सम्म जिल्ला अदालत, स्वास्थ्य कार्यालय, मालपोत र नापी कार्यालय वालिङ लगायतका सरकारी कार्यालयका कर्मचारीमा संक्रमण देखिएको उहाँले बताउनु भयो ।
पहिलो भेरियन्टमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका उच्च अधिकारी सहित तिनदर्जन प्रहरीमा संक्रमण देखिदा जिल्ला प्रहरी कार्यालयबाट हुने सेवा वडा प्रहरी कार्यालय वालिङबाट गरिएको थियो । यो पटक भने जिल्ला प्रशासन कार्यालयको सेवा नै बन्द हुने अवस्थामा कोभिड संक्रमणले पु¥याएको छ । स्याङ्जामा तेस्रो चरणको कोभिड संक्रमण झण्डै ७ सयको संख्यामा पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । तेस्रो चरणको भेरियन्टमा अहिले सम्म मृत्यु भएको छैन । तिब्र गतिमा संक्रमण फैलदो अवस्थामा रहेकाले सचेत हुन जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ पौडेलले आग्रह गर्नु भएको छ ।
संक्रमित बढ्न थालेसँगै गह्रौ प्राथमिक अस्पतालमा कोभिडका बिरामी भर्ना हुन थालेकाछन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded