Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

कोरोनाको तेस्रो लहरको प्रभाव बालबालिकामा कम

 


काठमाण्डाै - कोरोनाको तेस्रो लहरको प्रभाव बालबालिकामा कम देखिएको सरकारले जनाएको छ ।

युवाको तुलनामा बालबालिकामा कोरोनाको प्रभाव कम देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. स‌ंगीता कौशल मिश्रले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कमा पनि  शून्यदेखि १० वर्ष उमेर समूहका बालबालिका देशभरमा २४ जनामात्रै सङ्क्रमित भएका छन् । यसमध्ये गम्भीर खालको लक्ष्यण कसैलाई पनि देखिएको छैन ।  हिजो सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सङ्क्रमित भएका छन् ।

हिजो  यो समूहका ९ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिले प्राय सबैजसो विद्यालय बन्द भएकाले बालबालिका घरमै छन् । कामकाजी अभिभावकले पनि सतर्कता अपनाउने गरेका छन् । यस्तै तुलनात्मक रुपमा बालबालिकाहरु बाहिर साथीभाइसँग खेल्न धेरै नजाने र घरमै बस्ने भएकाले कोरोनाको जोखिम बालबालिकामा कम भएको हो ।

यस्तै रोग प्रतिरोधात्मक क्षमता पनि बालबालिकाको बढी हुने भएकाले  बालबालिका कम सङ्क्रमित भएका र सङ्क्रमित भएकामध्येको अवस्था पनि सामान्य रहेको उहाँले बताउनुभयो । कोरोनाको तेस्रो लहरमा विज्ञले बालबालिका धेरै सङ्क्रमित हुने जनाएका  थिए भने यो भन्दा पहिला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि बालबालिका धेरै सङ्क्रमित हुन सक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded