Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

धेरै ठाउँको मौसम धुम्म : काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने


 काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । बिहान काठमाण्डौको एयरपोर्ट र त्यस आसपास क्षेत्रमा फाट्टफुट्ट पानी परेको छ । अरु ठाउँमा पनि हल्का  पानी  पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

आज र भोलि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

दिउँसोको समयमा घाम देखिए पनि पारिलो घाम नलाग्ने भएकाले चिसो बढ्ने सम्भावना छ ।

यस्तै, आज राति पनि प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded