गुप्तस्मृर्ति चोकदेखि रचने कृष्ण मन्दिरसम्मको सडक कालोपत्रे शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख गिरीले प्रस्तावित ‘पाकरी खोला जलाशय आयोजना’को सम्भाव्यता अध्ययनसँग डिपिआर गर्न नगरपालिकाले बजेट विनियोजन गरेर काम भइरहेको बताउनुभयो ।
चापाकोट नगरपालिका वडा नं ९ भित्रकामात्रै आठ किमि पाँच सय मिटर सडक कालोपत्रे भइसकेको छ । अर्काे वर्षको लागि सडक कालेपत्रे गर्ने योजना बनाउने काम अन्तिम चरणमा पुगेको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष शंकरभक्त भण्डारीले विकासका विषयमा यो पार्टी र ऊ पार्टी नभनी हातेमालो गरेर अगाडि बढ्न सकेमा नगरपालिकाको भविष्य उज्वल रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख विमला श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत धुर्व खनाल लगायतको उपस्थिति रहेको थियो ।
फुलवारी टोल विकास संस्थाका अध्यक्ष देवनारायण वस्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य शान्ति आचार्यले गर्नुभएको थियो ।
प्रदेश सरकारको समपुरक कोषअन्तर्गत ५० लाख र नगरपालिकाको ५० लाख गरी १ करोड लागतमा निर्माण हुन लागेको उक्त सडक आरसी कन्ट्रक्शनले असारमसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता गरेर आजदेखि शुरुवात गरेको उक्त सडकको लम्बाई ४७० मिटर रहेको छ ।
©kaligandakikhabar बाट साभार
