Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

वालिङ नगरपालिकाले कोभिड १९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु. २५ हजार उपलब्ध गरायो


 वालिङ :

स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड १९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु. २५ हजार उपलब्ध गराएको छ ।


नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार रु. २५ हजार उपलब्ध गराउँदै आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।


कोभिड १९ का कारण परिवारको सदस्य गुमाएर दुःखमा पर्नुभएका वालिङका नागरिकलाई नगरपालिकाकोतर्फबाट राहतकासाथै काजकिरिया गर्नमा सघाउ पु¥याउने उद्देश्यसहित प्रतिपरिवार रु. २५ हजार उपलब्ध गराईएको प्रमुख खाँणले बताउनुभयो ।


“कोभिड १९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावककोरुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालकालागि राहत र काजकिरियाकालागि रकम उपलब्ध गराउँछौं” प्रमुख खाँणको भनाई थियो ।


नगरपालिकाले बनाएको विपद ब्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय गरी राहतस्वरुप उपलब्ध गराईएको प्रमुख खाँणले जानकारी दिनुभयो ।


स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरपालिकाको विपद ब्यवस्थापन कोष तथा कोरोना भाईरस कोषमा जम्मा भएको रकमलाई एकीकृत गरी नगरपालिकाको विपद कोषमार्फत खर्च गर्नकालागि विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन, २०७५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी वालिङ नगरपालिकाको विपद ब्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।


“चालु आर्थिक वर्षको शुरुआतबाट राहत र काजकिरियाकालागि रु. २५ हजार उपलब्ध गराउन शुरु गरेका हौं” प्रप्रअ भट्टराईले भन्नुभयो, “पुसको १५ सम्ममा ४९ जनाले लगिसक्नुभएको छ भने अब प्रक्रियामा ६० भन्दा धेरै हुनुहुन्छ, अझै निवेदन आईरहेकाले संख्या बढ्ने देखिन्छ ।”


नगरपालिकाले गत पुस १५ सम्ममा ४९ जनालाई राहत र काजकिरियाबापत रु. १२ लाख २५ हजार उपलब्ध गराईसकेको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताउनुभयो ।


भुक्तानी दावी गर्नकालागि कोभिड १९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्युदर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि मृतकको परिवारभित्रको सदस्यलाई रकम उपलब्ध गराईने तिवारीले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded