Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको एक सय ४५ रुपैयाँ



 काठमाण्डाै - नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । 

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ । 

ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमले बताएको छ ।  अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप र पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ ६१ पैसा, डिजेल पाँच रुपैयाँ ६२ पैसा र हवाई इन्धन चार रुपैयाँ ९५ पैसा बढेर आएकाले नेपालमा पनि भाउ बढाएको निगमले जनाएको छ ।

गएराति बढेको मूल्यमा बिक्री गर्दा पनि अबको १५ दिनमा निगमलाई दुई अर्ब १५ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ । 

गएको माघ मसान्तसम्म आफूले २४ अर्ब रुपैयाँ घाटा बेहोरिसकेको भन्दै निगमले पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न कठिनाइ भएको बताएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded