गल्याङ, ०९ फाल्गुण
स्याङ्जाको पहिलो पञ्चाङ्ग मुक्तिनाथ पञ्चाङ्ग सार्बजनिक भएको छ । ज्योतिष आचार्य ज्ञानप्रसाद भण्डारीको विशेष सक्रियतामा मुक्तिनाथ पञ्चाङ्ग सर्बत्र बजारमा उपलब्ध भएको छ ।
पञ्चाङ्ग प्रकासनमा आधा दर्शन ज्योतिषीहरुले समेत साथ दिएका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका–३, गल्याङ बजारमा प्रधान कार्यालय रहको पञ्चाङ्ग जिल्लामै पहिलो पटक सार्बजनिक भएपछि खुसि लागेको जिल्लावासीको भनाई छ ।
विश्व पञ्चङ्ग निर्णय संघबाट मान्यता प्राप्त पञ्चाङ्ग स्याङ्जा सहित पोखरा, बुटवल, नारायणघाट, सुर्खेत लगाएतका स्थानबाट पनि प्रकासन गरिएको ज्योतिष आचार्य भण्डारीले जानकारी दिनुभयो ।
मुक्तनाथ पञ्चाङ्ग सुद्ध, सास्त्रीय प्रमाणित भएको र सरल भएको पाठकबर्गहरुले प्रतिक्रिया दिएका छन् ।
