Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

लोपोन्मुख संस्कृति संरक्षण गर्दै पुस्तान्तरण गर्नुपर्छ : श्रेष्ठ


 

स्याङ्जा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले लोपोन्मुख संस्कृतिको संरक्षणसहित पुस्तान्तरण गर्दै लगिने बताएका छन् ।

नेपाल सांस्कृतिक सङ्घ गण्डकी प्रदेश, नेपाल सांस्कृतिक सङ्घ स्याङ्जाको आयोजनामा वालिङमा आयोजित प्रदेशका प्रचलित लोककला तथा संस्कृति संरक्षणसम्बन्धी गोष्ठीमा उनले परम्परादेखि चल्दै आएका हाम्रा कला संस्कृतिहरुको संरक्षण गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्दै जानुको विकल्प नभएको बताएका हुन् ।

“गण्डकी प्रदेशभित्र परम्परादेखि चल्दै आएका भाषा, चालचालन, रीतिरिवाज, कलालगायतको संरक्षण गर्दै अगाडि बढ्नु जरुरी छ”, उनले भने, “समयमै यसप्रकारका हाम्रा परम्परा, संस्कृतिको संरक्षण गर्नतर्फ ध्यान नदिए अब आउने नयाँ पुस्ताले सराप्ने छ, तसर्थ गण्डकी प्रदेशले चालेको अभियानमा सबैले सहयोग गरेर संरक्षण गर्नतर्फ अगाडि बढौँ ।”

प्रदेशका ११ वटै जिल्लामा सम्पत्तिका रूपमा रहेका भाषा, कला, संस्कृतिको संरक्षण गर्नका लागि स्थानीयवासीलाई नै अग्रसर बनाउने गरी अगाडि बढिएको उनले बताए ।

“प्रचलनमा रहेका लोककलाको थप प्रचार-प्रसार, लोपोन्मुख अवस्थामा रहेका संस्कृतिको संरक्षण साथै लुकेर रहेका नयाँ-नयाँ प्रतिभाको प्रस्फुटनमा टेवा पुग्ने गरी अभियान थालेका छौँ”, उनले भने, “समुदाय-समुदायमा लोपोन्मुख अवस्थामा रहेका कला, संस्कृतिको संरक्षणका लागि सम्बन्धित समुदायमै पुगेर थप खोजी गर्नेछौँ, जसले गर्दा बढी महत्वपूर्ण र टिकाउ पनि हुन जान्छ ।”

कुनै पनि समुदायको कला, संस्कृतिको संरक्षण गर्न सोही समुदाय अग्रसर भएमामात्रै टिकाउ र प्रभावकारी हुने उनको जोड थियो । लोक सङ्गीतका क्षेत्रमा विभिन्न विकृति विसङ्गति भित्रिने क्रम बढ्दै गएकाले यस्ता प्रवृत्तिलाई निषेध गर्नु जरुरी रहेको प्रा डा कुसुमाकर न्यौपानेले बताए ।

गण्डकी प्रदेशमा प्रचलित लोक सङ्गीत संरक्षणका लागि लोक सन्दर्भलाई विशेष महत्व दिने, मौलिकता गुम्न नदिने, विकृतिलाई निषेध गर्ने, लय, भाषा, बाजा, नाचमा विकृति नल्याउने, प्रचलित लोकसङ्गीतलाई महत्व दिने, आयातित संस्कृतिलाई महत्व नदिने, लोपोन्मुख अवस्थाका लोकसङ्गीतको मौलिकतालाई जोगाउने र लोप भइसकेका लोकसङ्गीतको खोजी गरी संरक्षण गर्नुपर्ने प्रा डा न्यौपाने बताउछन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded