Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

स्याङ्जाको गल्याङ नगरपालिकामा आइतबार सार्बजनिक विदा


 गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले आइतबार सार्बजनिक विदा दिएको छ । गल्याङ नगरपालिकाले राष्ट्रिय मगर दिवशको अवसरमा फागुन १५ गते आइतबार सार्बजनिक विदा दिएको हो । 

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जारी गर्नुभएको सार्बजनिक विदा सम्बन्धि सूचनामा फागुन १५ गते मगर दिबशको अवसरमा सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था एवम् सार्बजनिक निकायहरुमा सार्बजनिक विदा दिने निर्णय भएको उल्लेख छ । 

यसअघि नेपाल मगर संघ राष्ट्रिय मगर दिवशका अवसरमा सार्बजनिक विदा दिन माग गर्दै नगरप्रमुख भुपराज अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो । जवाफमा नगरप्रमुख अधिकारीले मगर समुदायको धेरै जनसंख्या रहेको गल्याङ नगरपालिकामा सार्बजनिक विदा दिन आफु प्रतिबद्व रहेको बताउनुभएको थियो ।  




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded