Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

दाङमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयाे


 

दाङ - दाङको तुलसीपुर–घोराही सडक खण्डमा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।

घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा बा ३ ख ६४३ नम्बरको माइक्रो र नम्बर नखुलेको मोटरसाइकल  ठोक्किँदा तुलसीपुर उपमहानगरपालिका-१८ का २१ वर्षका रेशम चौधरीको  ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५ प ९०६६ नम्बरको स्कुटर र लु १ च ६२८९ नम्बरको पिकअप गाडी ठोक्किँदा तुलसीपुर उपमहानगरपालिका–१७ का ताराबहादुर केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded