Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

भक्तपुरमा बस र मोटरसाइकल ठोक्कियो : एक जनाको ज्यान गयो, एक जना घाइते


 काठमाण्डाै - भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

हिजो बेलुका ८ बजे बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने दोलखाका ३४ वर्षका देवेन्द्र कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलका चालक घाइते भएका छन् । उहाँको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded