Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

कालीगण्डकी करिडोर दैनिक चार घण्टा बन्द हुने

फाइल फोटो

 गलेश्वर, २९ माघ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।


मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण फागुन १ गतेदेखि उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरिएको हो । 

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र सडक हो ।

थासाङ गाउँपालिका–४ मा रहेको काभ्रे र बादरजुङ भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउने योजना छ ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारी साधन प्रयोग बन्द गरिने भएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded