Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

स्याङ्जामा २७ महिनाकी बालिकालाई मारेको आरोपमा एक पक्राउ


 स्याङ्जा, ११ माघ । स्याङ्जाको चापाकोट नगरपालिका ७ पिपलछापस्थित २७ महिनाकी सुबिना ढकाललाई मारेको आरोप सोमबार एक जना पक्राउ परेका छन् । 


पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

प्रवक्ता अधिकारीका अनुसार ढकाल आफ्नै सहोदर भाईको छोरी २७ महिनाकी सुबिना ढकाललाई ज्यान मार्ने मनसाय लिई दुबै खुट्टामा समाई टाउको भाग पटक पटक भुई जमिनमा पछारी अचेत बनाई छाडेका थिए ।

अचेत अवस्थामा रहेकी बालिकालाई उपचारको लागि पाल्पाको रामपुर अस्पताल रामपुर पठाइएकोमा डाक्टरले मृत्यु घोषणा गरेको थियो।

बालिकाको लाश पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पठाइएकोमा पोष्टमार्फत पश्चात लासस आफन्तनलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ । 

घटनाको आरोपी बासुदेव ढकालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनेको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded