Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

नागरिकको समस्या बुझ्न हरिनास गाउँपालिकाका अध्यक्ष घर घरमा


 माघ ७, स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष जनताका घर र टोलमा पुग्दै आउनु भएको छ । गाउँपालिकाका अध्यक्ष खिमकुमार मानन्धर जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत जनताका घर र टोलमा पुग्ने गर्नुभएको हो । अध्यक्ष मानन्धरले आँफू निर्वाचित भएदेखि नै जनतासँग अध्यक्ष कार्यक्रमका माध्यमबाट निरन्तर जाने गर्नुभएको छ । यसैक्रममा शुक्रकार पालिकाको वडा नम्बर ३ को छाक्रामा जनतासँग अध्यक्ष कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा पालिकाका अध्यक्ष मानन्धरले चुनावमा जीतेपछि जनताकोबीचमा जाने वातावरण सिर्जना गर्नका लागि जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । अध्यक्ष मानन्धरले जनतासँग खाली हात जानुभन्दा केहि न केहि कोशेली लिएर जाने गरेको र उनिहरुको आवस्यकतालाई कोशेलीकारुपमा प्रदान गर्दै आएको बताउनुभयो ।


उहाँले पालिकावासीका समस्याहरु बुझ्ने र नेताहरु फर्किएर आँउँदैनन् भन्ने मानसिकतालाई चिर्नका लागि पनि आँपूm निर्वाचित भएदेखि जनतासँग अध्यक्ष कार्यक्रम अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । प्रत्येक हप्ता पालिकाभित्र कुनैपनि ठाउँमा जनताहरुका माझमा जाने, गुनासाहरु सुन्ने, जनताका आवस्यकताहरुलाई सम्वोधन गर्ने कार्यक्रमको उद्देश्यले रहेको र सोहि अनुसार काम गर्दै आएको उहाँले व्यक्त गर्नुभयो ।


उहाँले कार्यक्रमका अवसरमा जनतताको माग अनुसार र जातीय पहिचान जोगाइराख्नका लागि टेवा पुगोस भन्ने हेतुले आमा समूहहरुलाई पोशाक वितरण गर्दै आएको उल्लेख गर्नुभयो । यसका साथै क्लवहरुका लागि आवस्यक सामाग्रीहरु समेत उपलव्ध गराउँदै आएको अध्यक्ष मानन्धरको भनाई छ ।


प्रत्येक वर्ष आप्mना मागहरु लिएर आउन आग्रह गर्दै आए अनुसार सम्वोधन गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष मानन्धरले मागहरु छन् भने लिएर आउन आग्रह गर्दै कामको प्रकृति हेरेर प्राविधिक पठाइदिने र तुरुन्त सम्वोधन हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


कार्यक्रममा आमा समूहका महिलाहरुलाई साडी, चोलो, सुइटर तथा पछ्यौरी वितरण गरिएको थियो । साथमा भोज भतेरका लागि आवस्यक भाँडाहरु समेत प्रदान गरिएको छ । पालिकाद्वारा समूहका ३० जना महिलाहरुले पोशाक तथा भाँडा प्राप्त गरेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded