ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा भएपनि महत्वलाई पहिचान गर्न नसक्दा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ । पाल्पा रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुर्नः निर्माणको काम भइरहेको छ ।
कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशाला विसं २०७२ को भूकम्पले भवनमा क्षति पु¥याएपछि पौराणिक अस्तित्व बचाइ राख्न अहिले पूरानै शैलीमा पुनः निर्माणको काम धमाधम चल्दैछ ।
लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदै आइरहेको थियो । पूर्ण जीर्णोद्धार गर्न पुरातत्व विभागको विशेष पहलमा पुर्नः निर्माण प्राधिकरणको करिब रु तीन करोड छ लाख ५३ हजार ६६२ वजेट लागतमा निर्माणको काम चलिरहेको छ ।
पूरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापाली थियो भने, छानो झिँगटीले छाइएको थियो । सोहीस्वरुपमा नै श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी गत भदौ देखि निर्माण भइरहेको छ । २०८० असार ५ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।
अहिले भवनको दोस्रो तलाको काम चलिरहेको छ भने हालसम्म करिव ३० प्रतिशत काम भएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “पूरानै ऐतिहासिकता झल्काउने बहुमुल्य काठजन्य सामग्रीबाट भवन निर्माण भइरहेको छ, काठमाण्डौँ देखि निर्माण सामग्री ल्याएर काम गरिरहेका छौँ, पूरानै शैलीमा भवन बनाउनुपर्ने भएको हुदा यस क्षेत्रमा अनुभवी कामदार पुरात्व विभाग अन्र्तगतकै परिचालन गरिएको छ” ।
उहाँका अनुसार भवन निर्माण कार्य सकिएपछि यसलाई संग्रहालयका रुपमा विकास गरिने भएको छ । गाउँघरमा पहिले चलनचल्तीमा आएका पूराना काठजन्य वस्तुहरुलाई संरक्षण गर्दै संग्रहालयमा राखिने भएको छ ।
पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला )गुठी) तत्कालीन समयमा राजदरबारकै रुपमा लिने गरिन्थ्यो । आधुनिक जीवनशैलीमा प्रयोगमा आउन नसक्ने भएपछि यस धर्मशाला बेवारिसे जस्तै भएको थियो ।
