एमसीसीको विरुद्धमा देशभर आन्दोलन चलिरहेको छ ।
राष्ट्रियताको पक्षमा आज स्याङ्जाको बायाँटारीमा युवा अगुवाहरुले मशाल जुलुस निकालेका छन् ।
बायाँटारी झोलुङ्गे बजार आसपासका युवाहरुको अगुवाइमा भएको कार्यक्रममा युवा नेता सुजन विश्वकर्मा ,नमलाल डुम्रे,राजेश गैरे लगायतका युवाहरूले मसाल जुलुस पछिको कोणसभालाई सम्बोधन गरेका थिए ।
अगुवा युवाहरूले पार्टी भन्दा माथि देश भएको भन्दै एमसीसीको विरुद्ध सडक तताउन सबैलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा बोल्दै युवा अगुवा नमलाल डुम्रेले एमसीसीको पक्षमा मतदान गर्ने सांसदलाई जिल्ला प्रवेश गर्न नदिने चेतावनी दिएका थिए । डुम्रेले आफुहरुले जिताएर पठाएका जनप्रतिनिधि करोडौं भ्रष्टाचारमा मुसिएको भन्दै जनमतको दुरुपयोग गरेको भन्दै आक्रोश पोखेका थिए ।
उनलेे जनताको अवस्था जस्ताको तस्तै भएको तर नेताहरूले करोडौं कुम्लो पार्ने र राष्ट्रघाती काम गर्ने भन्दै यस्ता भ्रष्ट र राष्ट्रघाती नेताहरूले धुलो चटाउने बताएका थिए ।
अर्का युवा नेता राजेश गैरेले राष्ट्रियताको पक्षमा लाग्न सबै युवाहरूलाई अनुरोध गरेका थिए । कार्यक्रममा यसै क्षेत्रका युवाहरूको सहभागीता रहेको थियोे
कार्यक्रमको सञ्चालन तथा समन्वय पत्रकार तथा युवा अगुवा प्रकाश डुम्रेले गरेका थिए ।
